ad ad

राजनीति


माओवादी संसदीय दलको बैठक सुरु

माओवादी संसदीय दलको बैठक सुरु

नेपालखबर
असोज २२, २०८० सोमबार १४:१३, काठमाडौँ

सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ।

पार्टी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमा छलफल भएको माओवादी स्रोतले जनाएको छ।

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन प्रधानमन्त्री प्रचण्डले आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएका छन्।
मन्त्रिपरिषद बैठकअघि माओवादी संसदीय दलको बैठक बसेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

मन्त्रिपरिद् बैठक लगत्तै सोमबार साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक पनि बोलाएका प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ।

सर्वदलीय बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .