राजनीति


विद्युत विधेयकमा सरकारले राष्ट्रिय हितप्रति आँखा चिम्लियो : एमाले

विद्युत विधेयकमा सरकारले राष्ट्रिय हितप्रति आँखा चिम्लियो : एमाले

नेपालखबर
असोज २१, २०८० आइतबार १६:५६, काठमाडौँ

नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रस्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उनले विधेयक कहीँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका हुन्। उनले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताए।

उनले भनेः ‘एकातिर प्रतिष्पर्धाको कुरा गरिएको छ तर अर्कोतिर फेरिपनि सोझै सम्झौतामार्फत ५ मेघावाट विद्युतसम्म पनि दिन सकिने गरी प्रावधान पनि राखिएको छ। यसले कुनै न कुनै हिसावले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ। यस्ता अनेकन विषयमा प्रष्टता हुन जरुरी छ। यो विधेयकमा २०६५ सालमा पनि पर्याप्त प्रावधानहरु सहित संसदमा विधेयक प्रस्तुत गरिएको थियो। त्यसपछि पनि विभिन्न महत्वपूर्ण विषयहरुलाई समेटेर संसदमा प्रस्तुत गरिएको थियो। ति यावत् विषयहरुलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ।’

उनले कुनै समयमा गरिएको सम्झौता र शर्तहरुलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताए।

उनले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताए।

उनले भने, ‘अहिले कुनै न कुनै हिसावले यो विधेयक कहिँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि? वा कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ। यद्यपी मैले आरोप लगाउन चाहँदिन। तर यो विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्ने सन्दर्भमा पर्याप्त गृहकार्य गर्नु जरुरी छ। यसतर्फ गम्भिरता साथ ध्यान जाओस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad