ad ad

राजनीति


गृहमन्त्रीको उपस्थितिमा मधेशको सुरक्षा चुनौतीबारे बर्दिबासमा अन्तरक्रिया

गृहमन्त्रीको उपस्थितिमा मधेशको सुरक्षा चुनौतीबारे बर्दिबासमा अन्तरक्रिया

नेपालखबर
असोज १७, २०८० बुधबार ११:१०, काठमाडौँ

पछिल्लो समय मधेशका जिल्लामा बढेको सुरक्षा चुनौतिको विषयमा आज महोत्तरीको बर्दिबासमा गृहमन्त्रीको उपस्थितिमा अन्तरक्रिया भइरहेको छ। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे सुरक्षा अधिकारीहरुसँग अन्तरक्रिया गरेका हुन्। अन्तरक्रियामा आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुख सहभागी छन्।

बैठकमा अहिले मधेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गरिरहेका गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने कार्यक्रम छ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्‍भाव  बिथोल्ने किसिमका गतिविधि भइरहेको जानकारी गृहमन्त्रीलाई गराएका छन्।

रिपोर्टिङ गर्ने क्रममा केही प्रजिअहरुले मिटरब्याज नियन्त्रण कानुन र आयोग बनेपनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपय वाधा व्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या उजागर गरेका छन्।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध सामान ओसारपसार र भारतीय गाडीको अत्याधिक  प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने जानकारी सीडीओहरुले गृहमन्त्रीलाई गराएका छन्।

प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष र सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको दाबीसमेत उनीहरुले गरेका छन्।

अन्तक्रियामा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुख लगायतको सहभागिता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .