ad ad

राजनीति


सांसद ढकाल भन्छन्– पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैन

सांसद ढकाल भन्छन्– पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैन

नेपालखबर
असोज १६, २०८० मंगलबार १७:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका हुन्।

‘सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु। देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरुले आवाजहरु उठाई राख्नुभएको छ। देश आर्थिक मन्दीमा जाँदैछ,’ उनले भने, ‘आर्थिक मन्दीमा धस्सीँदैछ। आर्थिक मन्दीमा धस्सीनुका कारणहरूमा उत्खनन् कसैले गरेका छैनन्। किन आर्थिक मन्दीमा फस्दैछ भनेर सुझावहरू दिँदा अर्थ मन्त्रालयले ती सुझाव सुनुवाइ गर्दैन।’

सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गरे। उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरूले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाई नगरेको गुनासो समेत गरे।

‘बैंक, वित्तीय संस्थाहरुमा नेपालमै पहिलो पटक लगानीयोग्य रकम प्रसस्त छ। यो हुँदाहुँदै ऋण प्रवाह हुन सकिरहेको छैन। बैंकहरूका अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकका कारणले गर्दा गर्दा लोन प्रवाह हुन सकिरहेको छैन। नेपालको पूँजी बजार ध्वस्त छ। अर्बौं लगानीकर्ताले पूजी डुबेको छ। राज्यलाई एक महिनामा ३ अर्व २५ करोड राजश्व बुझाएको क्षेत्र हो त्यो पूँजीबजार,’ उनले भने, ‘त्यो ध्वस्त हुँदैगर्दा अर्थमन्त्रीलाई चासो छैन। नियमक निकायलाई चासो छैन। आज लगानीकर्ताले खर्बौ रकम पूजी बजारमा डुबाईरहँदाखेरी नियमक निकाय त्यो धितोपत्र बोर्ड भन्ने छ। त्यसलाई मैले ढिलो पत्र बोर्ड भन्ने गरेको छु। लगानी कर्ताको काम गर्नका लागि बनेको त्यो ढिलो पत्र बोर्डले केही पनि काम गर्दैन।’

सांसद ढकालले मुलुकमा सामाजिक सदभाव भडकाउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .