ad ad

राजनीति


ओलीको आरोप– गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजे

ओलीको आरोप– गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजे

नेपालखबर
असोज १६, २०८० मंगलबार १७:५, काठमाडौँ

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको बताएका हुन्। उनले भेपमा तस्करी भएको ९ किलो सुन र अर्को १०० किलो सुन तस्करी प्रकरणलाई गृहमन्त्रीले ढाकछोप गर्न लागेको पनि बताए।

‘गृहमन्त्रीजीले हेटौँडामा गएर उधुम नै खोक्नुभयो। सुशासनको अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरू लागेका छन्। कुन विरोधी लागे तपाईको सुशासन रोक्न? साडे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाई ढाकछोप गर्न लाग्नुुहुन्छ। १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ,’ उनले भने, ‘छानविन गर्न आयोग बनाउ न भन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ। छानविन गर्दा के बिग्रिन्थ्यो महासय तपाईंको? किन आत्तिनुभएको स्वतन्त्र, निष्पक्ष छानविनसँग? गफ दिनुहुन्छ हेटौँडा गएर? सुशासनको अभियान। सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो सुशासन? सुशासन अभियान हो? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो।’

उनले गृहमन्त्रीले छानबिन आयोग समेत बनाउन नचाहेर स्वतन्त्र र निष्पक्ष छानविन सँग डराएको आरोप लगाएउ। सरकारले सुशासनको अभियान सुरु गरेको बताउने गरेको भन्दै सुशासन कायम गर्नु सरकारको नियमित कर्तव्य भएको बताए।

‘सरकारले शान्ति, सुरक्षा दिनुपर्छ। भ्रष्टाचार रोक्नुपर्छ। कमिशनतन्त्र रोक्नुपर्छ। घुस रोक्नुपर्छ। प्रतिपक्षले सुशासनको अभियान चलाउन दिएन संगठित रुपले विरोध ग¥यो भनेर। म प्रश्न गर्न चाहान्छु, एयरपोर्टमा किन पक्राउ परेन सुन? सुन आएको आएकै छ तर आवश्यक परेका बेला हाजिर हुनेछ भन्ने कागज गराएर मान्छे भगाउ, सामान लुकाउ, छिटो गर, जाउ भनेर पठाइयो,’ उनले भने, ‘सुनिल शर्मा निर्वाचित जनप्रतिनिधिको सर्टिफिकेटमा शंका लाग्यो भनेर थुनामा राखियो। एक क्विन्टल सुन तस्करी गरेको मान्छेलाई पु¥याउने बित्तिकै थपक्कै छोडियो किन? म गृहमन्त्री ज्यूलाई सोध्न चाहान्छु के यही हो अभियान? सुशासनको अभियान भनेको यही हो? राजनीतिको अपराधीकरणतर्फ मोडिएको छ।’

उनले सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भएको बताउँदै सरकारले संविधान दिवसको अवसर पारेर मुस्कान खातुनलाई एसिड हान्ने व्यक्तिको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाए।

त्यस्तै नेपालगञ्जमा हत्या अभियोगमा कारागारमा परेका रिगल डन भनिने योगराज ढकाललाई पनि उन्मुक्ति दिएको प्रति ओलीले आपत्ति जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .