राजनीति


माधव नेपालले भने : सबै कालखण्डका भ्रष्टाचारका फाइल खोलेर निष्पक्ष छानबिन गरौँ

माधव नेपालले भने : सबै कालखण्डका भ्रष्टाचारका फाइल खोलेर निष्पक्ष छानबिन गरौँ

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०८० बिहिबार १६:५९, सुर्खेत

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी आन्दोलनलाई एकता गरेर अगाडि लैजान आवश्यक रहेको बताएका छन्। 

तत्कालिन समयमा दलहरुको एकताले राजतन्त्र फालेको बताउँदै समाजका विभेदहरु अन्त्यका लागि समाजवादी शक्ति मिल्नु पर्ने आवश्यकता भएको बताए।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।  

‘समाजवादी मोर्चा एकातर्फ र कांग्रेस अर्कोतर्फ हुँदा मतभेद छ कि भन्ने होला तर त्यसो छैन’, उनले भने, ‘यो खर्चिलो निर्वाचन र प्रणालीले देशमा भ्रष्टाचार मौलाएको छ। यो व्यवस्था परिवर्तन गर्नु जरुरी छैन, तर सुधार्नु आवश्यक छ। कांग्रस र समाजवादी मोर्चा मिलेर बनेको गठवन्धन सरकारलाई कसैले देशी-विदेशी शक्तिले ढाल्न सक्दैनन्।’

उनले सबै कालखण्डका भ्रष्टाचारका फाइलहरुमा निषपक्ष छानबिन हुनुपर्ने बताए। 

‘देशको वर्तमान अवस्थाको विश्लेषणसहित सामाज रुपान्तरणतर्फ लाग्न जरुरी रहेको छ। त्यसो नहुँदा देश समाजवादतर्फ उन्मुख हुन सक्दैन’, उनले भने, ‘समाजवादी शक्तिहरु मात्रै नभइ इमानदार देशभक्त शक्तिहरुले समाजवादी मोर्चामा आवद्ध हुनुपर्छ। परिवर्तन चाहनेहरुको मोर्चा बनेकाले जनता खुशी छन्।’ 

उनले राम्रो काम गरेर जनताको मन जित्नु जरुरी रहेको बताए। ‘भ्रष्टाचार गरेर खाली कुर्सी  ओगटेर नबस्न तीनै तहका सरकारका प्रतिनिधिले ख्याल गर्नुपर्छ। जनताको प्रत्यक्ष सवालहरु उठाउनु पर्छ। स्रोत साधनको सही सदुपयोग गरि जनतालाई सरकार भएको आवास गराउनुपर्छ’, उनले भने, ‘कार्यकर्ताहरुले समाजवादी मोर्चाबारे जनतालाई सकारात्मक रुपमा पुर्‍याउनु जरुरी छ।’

उनले राष्ट्रिय सवालका सन्दर्भमा असंम्लग्न नीति अपनाएको उल्लेख गर्दै अरुको भूमिमा नटेक्ने र आफ्नो लिएको नसहने उल्लेख गरे।

नेपालले अमेरिकी सहायता परियोजना एमसीसीबारे आफूले पुरानो दस्तावेज पुन हेरेको उल्लेख गर्दै कुनै सैन्य सम्झौता नहुने विशुद्ध सहयोगका रुपमा मात्रै  स्वीकारेको बताए। देशको सार्वभौमिकताको सवालमा कुनै पनि गलत सम्झौता नहुने उनको भनाइ थियो।

आफूहरु संघमा मिलेर अगाडि बढेको प्रदेश र स्थानीय तहसम्म मिलेर जानु पर्ने उल्लेख गर्दै समाजवादी मूल्य र मान्यता भएकालाई मोर्चामा ढोका खुल्ला रेहको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .