राजनीति


प्रचण्डलाई ओलीले भने : छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी?

प्रचण्डलाई ओलीले भने : छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी?

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १५:५८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन्। 

सोमबर प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भारत भ्रमणका क्रममा पिएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गरे। 

‘प्रधानमन्त्रीको भारत भ्रमणमा पिए छोरी छेउमा देखिन्छिन्। तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव छैनन्’, उनले भने, ‘फर्स्ट लेडी भनेको श्रीमती हुन्छन्, छोरा वा छोरी हुँदैनन्। फर्स्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन।’

उनले यदि भ्रमणमा छोरा लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने अवस्था आउने पनि बताए। 

‘छोरालाई लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने त? नातिनी लिएर जाँदा सेकेन्ड लेडी भन्ने त’, उनले भने, ‘वार्तामा परराष्ट्र मन्त्री हुनुपर्छ, मन्त्रीहरु हुनुपर्छ। शिष्टाचार महापाल हुनुपर्छ।’

प्रधानमन्त्रीको भ्रमणमा अफिसियल मेमेरीका लागि टिपोट समेत नगरिएको भन्दै ‌ओलीले आलोचना गरे। उनले भ्रमणबारे पनि प्रश्न उठाए। 

‘यो भ्रमण फ्यामिली कि लागि हो कि धार्मिक हो कि पर्यटकीय हो कि के हो?’, उनले भने, ‘यस्तो खालको कमजोर कूटनीतिक उपस्थिति यसअघि देखिएको थिएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .