ad ad

राजनीति


रग्बीबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ : मन्त्री लिम्बू

रग्बीबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ : मन्त्री लिम्बू

नेपालखबर
जेठ २०, २०८० शनिबार १८:२८, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताएका छन्।

भक्तपुरस्थित सानोठिमी चौरमा शनिवारबाट आयोजना भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले सगरमाथाको देश, बुद्धको देशबाट नेपाल अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए जस्तै रग्बीले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनसक्ने बताएका हुुन्।

त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दुई दिने प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन्।

सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, वागमती  प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सहभागी हुनेछन्।

तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लव सहभागी हुने छैनन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन्।

प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा सञ्चालन हुन गइरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .