ad ad

राजनीति


देउवाको निर्देशन– एउटा व्यक्तिलाई गाली गरेर पार्टी बन्दैन, काम गर्नुस्

देउवाको निर्देशन– एउटा व्यक्तिलाई गाली गरेर पार्टी बन्दैन, काम गर्नुस्

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८० शनिबार १४:२३, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। 

शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउँदै देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको पनि बताए। 

‘गाली गरेर कहाँ पार्टी बन्छ। लडाई गर्ने हो? अफ्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ,’ सभापति देउवाले भने, ‘अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन। एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ।’

उनले पार्टीमा अब युवा पुस्ताकै पालो भएको पनि बताए। 

उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे। पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने पनि उनले बताए। 

‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ। सत्य कुरा हो। अहिले सबै ठाउँमा नेविसंघले जितेको छ,’ सभापति देउवाले भने, ‘यो पनि सत्य कुरा हो। सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी
भएको छ। अब यसलाई अघि बढाउनुछ।’

उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आ–आफूले सहयोग गर्ने मात्रै रहेको बताए।

‘अझ यसलाई बलियो बनाउनुछ। गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्,’ देउवाले भने, ‘बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो। जनतामा जानुपर्छ। जनतामा जाने हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .