ad ad

राजनीति


सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

नेपालखबर
जेठ ९, २०८० मंगलबार १५:४२, काठमाडौँ

सरकारले गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहमुतले पारित भएको छ। 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएपछि बहुमतले पारित भएको हो।

केही सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिए। 

प्रचण्डले जवाफका क्रममा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्ने बताएका थिए।

‘अहिलेको नीति तथा कार्यक्रम गन्तव्यविहीन छैन। यसले गठबन्धनको साझा आवाज बोक्न सकेको छ’, उनले भनेका थिए, ‘यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन। कार्यान्वयन योग्य विषय र सूची यसमा समावेश छ। सरकारले यसलाई कार्यान्वयन गर्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .