ad ad

राजनीति


सरकारबारे ओलीको टिप्पणी : रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

सरकारबारे ओलीको टिप्पणी : रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

संसद् बैठकमा केपी ओली। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ७, २०८० आइतबार १२:२०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र गम्भीर संकटमा परिरहँदा पनि सरकार रमिते बनेर बसेको बताएका छन्।

सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रबारे आइतवार आफ्ना भनाइ राख्ने क्रममा ओली सरकारविरुद्ध खन्निएका हुन्। 

‘प्रधानमन्त्रीजी एमालेको पहलमा बनेको गठबन्धन छाडेर दुई महिना नपुग्दै सरकरको मुटु प्रत्यारोपणमा लाग्नु भयो,’ उनले भने, ‘अहिले सरकारको नीति तथा कार्यक्रम पनि उद्धेश्यविहीन आएछ। न यसको गन्तब्य छ न यसको कुनै उद्धेश्य नै छ।’

ओलीले नीति तथा कार्यक्रको आधारस्तम्भ खोज्दा केही नभेटिएको पनि बताए। 

‘यो सरकारको गन्तब्य र उद्देश्य खोजेँ मैले तर केही पनि पाइनँ। योभन्दा अगाडि पनि नीति तथा कार्यक्रम पनि थिए नि’, उनले भने, ‘यो सरकार नै प्रथम स्वयम्भू हो, पहिलो पटक सरकार बनेको जस्तै पहिलो काम हामीले थालेका छौँ भने जस्तो गरिएको छ।’

उनले अर्थतन्त्रका सबै सूचक ध्वस्त भइसक्दा पनि सरकार रमिते बनेको बताए। ‘अर्थतन्त्र डुब्न लागेको छ। सबै सूचक नकारात्मक छन्’, उनले भने, ‘यस्तो संकट आउँदा पनि सरकार मौन छ। रोम जलिरहेको छ, निरो बाँसुरी बजाएर बसिरहेको छ।’

ओलीले सरकार सुरुमै असफल भइसकेको पनि टिप्पणी गरेका छन्। ‘प्रचण्डजीले नेतृत्व लिएको सरकार पूरै असफल भइसकेको छ’, उनले भने, ‘नीति तथा कार्यक्रम असफलताको दस्तावेज हो।’

उनले अहिलेको सत्ता गठबन्धन देशलाई असफलताको खाडलमा हाल्न पनि बनेको बताए। आफ्नो पालामा विश्वकै चाँडो अर्थतन्त्रमा फड्को मार्ने अवस्थामा पुगेको देशलाई लुँडोमा ९९ बाट झारेर दुईमा पुर्‍याएको आरोप पनि ओलीले लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .