राजनीति


परराष्ट्रमन्त्री साउदले लिए शपथ

नन्दा चपाई राज्यमन्त्री
परराष्ट्रमन्त्री साउदले लिए शपथ

नेपालखबर
बैशाख ३, २०८० आइतबार १५:३५, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात  राज्यमन्त्री नियुक्त भएकी छन्। 

चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .