ad ad

राजनीति


राष्ट्रिय गानअगाडिको धुन जरुरी छैन, सरकारले हटाओस् : केपी ओली

राष्ट्रिय गानअगाडिको धुन जरुरी छैन, सरकारले हटाओस् : केपी ओली

अखिल नेपाल पिछडावर्ग महासङ्घको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओली। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
चैत २२, २०७९ बुधबार १४:५२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौँ थुँगाभन्दा अगाडिको धुन हटाउन सरकारसँग माग गरेका छन्। 

बुधबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले राष्ट्रिय गान जस्तो कुरामा ध्यान दिनुपर्ने बताएका हुन्। 

अखिल नेपाल पिछडावर्ग महासङ्घको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउनु जरुरी नरहेको पनि बताए। 

‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन। म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु, राष्ट्रिय गान अगाडि प्याँप्याँ धुन बजाउँछ', उनले भने, 'सयौँ थुँगा फूलका हामी' भन्दा अगाडिको धुन राष्ट्र गानबाट हटाउनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन। र, राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन। म सरकारको ध्यानाकर्षण गराउँछु।’

उनले राष्ट्र गान शब्दबाट सुरू भएर शब्दबाटै टुंगिनु पर्नेमा पनि  जोड दिएका छन् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .