ad ad

राजनीति


‘मन्त्री पो बन्दिनँ भनेको थिएँ, उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेँ?’

‘मन्त्री पो बन्दिनँ भनेको थिएँ, उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेँ?’

नेपालखबर
चैत १८, २०७९ शनिबार १४:५, काठमाडौँ

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री बन्दिनँ भनेर प्रण गरेपछि पुन: मन्त्री बनेकोबारे प्रष्टीकरण दिएका छन्।

यसअघि उनकै नेतृत्वमा कांग्रेस सरकारमा जाने भन्ने चर्चा हुँदा उनले आफू पुन: मन्त्री नबन्ने प्रण गरेका थिए।

'निश्चित एजेन्डा र उदेश्यसहित सडक आन्दोलन-अदालतको कानूनी संघर्ष हुँदै निर्माण भएको लोकतान्त्रिक-बाम गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको निर्बाचन सम्पन्न भएपछि षडयन्त्रको जालोमा पारिएर पुस १० गते भत्काइएको गठबन्धनलाई पुन:स्थापित गर्ने त्यही दिन राति गरेको दृढ संकल्पलाई लगभग पूरा गरिएको छ, उनले भनेका थिए।

सरकारमा जानेबारे प्रष्टीकरण दिँदै उनले भनेका थिए, 'सबैलाई प्रष्ट होस् अब मेरो व्यक्तिगत दाबी कुनै कुरामा छैन। मेरो नाम अरु संग जोडेर सरकारमा जाने दाबी गरेको भनेर  मिडिया  र सामाजिक सञ्जालमा सुरु गरिएका बहसलाई अघि बढाएर कृपया मलाई अन्याय नगरी दिनुहोस्।'

तर उक्त प्रणलाई लत्याउँदै पुन: मन्त्री बनेपछि अहिले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ। आलोचना भएपछि आफ्नै भनाइ खण्डन गर्दै उनले आफूले मन्त्री नबन्ने भनेको तर उपप्रधानमन्त्री नबन्ने नभनेको बताएका छन्।

शनिबार  बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेका मन्त्री खड्काले भने, 'मन्त्री खान्न भन्नुभयो, मन्त्री बन्दिनँ भन्नुभयो, तर अहिले फेरि मन्त्री बन्नुभयो भनेर सामाजिक सञ्लमा आइरहेको छ, मैंले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ?'

उनले आफू प्लेन मन्त्री मात्रै नबन्ने भनेको र अहिले आफू मुलुकको उपप्रधानमन्त्री बनेको बताए। उनले भने, 'अहिले म मन्त्री मात्रै बनिरहेको छैन, मुलुकको उपप्रधानमन्त्री बनेको प्रष्ट पार्न चाहन्छु। मन्त्री मात्र नबनेको हुँ। उपप्रधान र रक्षा सभापतिले विश्वास गर्नुभयो।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .