खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएएका छन्।
गत पुस ११ गते नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट मन्त्री बनेका खानले राजीनामा दिएका छन्।
सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको जनमत पार्टीलाई शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि खानेपानी राखेपछि खानले राजीनामा दिन लागेका हुन्।
जनमतका समानुपातिक सांसद रहेका खानले पार्टीको निर्देशनअनुसार राजीनामा दिन लागेको श्रोतले जनाएको छ।
यससँगै जनमत संघीय सरकारबाट बाहिरिने भएको छ।
जनमतले प्रदेश सरकार पनि छाड्ने तयारी गरेको छ। तर जनमतको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले अहिलेसम्म यसबारे छलफल भइनसकेको बताए।
तर अहिले सरकार छाड्नेबारे निर्णयका लागि पार्टीको बैठक बसिरहेको एक नेताले जानकारी दिए।
चैत १७, २०७९, शुक्रबार
प्रतिक्रिया