ad ad

राजनीति


स्ववियु मकवानपुर : परिणाम सार्वजनिक भएका ५ मध्ये ४ क्याम्पसमा अनेरास्ववियुको जित

स्ववियु मकवानपुर : परिणाम सार्वजनिक भएका ५ मध्ये ४ क्याम्पसमा अनेरास्ववियुको जित

नेपालखबर
चैत ६, २०७९ सोमबार ८:३७, काठमाडौँ

आइतबार सम्पन्न  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मकवानपुरका ७ मध्ये ५ क्याम्पसमा भएको मतपरिणाम सार्वजनिक भएको छ।

५ मध्ये ४ क्याम्पसमा अनेरास्वियुले जित निकालेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको वंश गोपाल बहुमुखी क्याम्पस, हटियाको जनप्रिय बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ।

हटियाको जनप्रिय बहुमुखी क्याम्पसको निर्वाचनमा अनेरास्ववियुको प्यानल छात्राहरूको कार्यसमिति निर्वाचित भएका छन्।

जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा मुना गोले, सचिवमा पुष्पा बास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल तथा  सदस्यमा मेनुका दहाल, पवित्रा अधिकारी र विनिता तिमल्सिना निर्वाचित भएका छन्।

त्यस्तै हेटौंडा–१९ को निर्मल बहुमुखी क्याम्पसमा सरोज अर्याल अध्यक्षमा निर्वाचित भएका छन्। अर्याल नेतृत्वको अनेरास्ववियुले अखिल क्रान्तिकारी विप्लवसँग प्यानल बनाएको थियो। विपक्षी नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंको गठजोड बनेको थियो।

अर्यालले १३२ मत प्राप्त गर्दा रोक्काले ५२ मत पाए।

यसैगरी हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानल विजयी भएको छ ।

निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानलनै निर्वाचित भएको हो। अनेरास्ववियू सिल्वाल १८ मत सहित निर्वाचित भएका हुन्। उनले निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन्।

मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुकै कुमार घिसिङ विजयी भए।

भ२९ मतसहित घिसिङ विजयी हुँदा नेविसंघका किशोर लम्सालले २७ मत प्राप्त गरे।

मकवानपुर बहुमुखीमा अखिल क्रान्तिकारीका लामा निर्वाचित

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुमा भने अखिल क्रान्तिकारी विजयी भएको छ। क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा निर्वाचित भएका छन्।

No description available.

लामा ८ सय १३ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्माले ६ सय ८२ मत प्राप्त गरे ।
क्याम्पसको स्ववियु सचिवमा अखिल क्रान्तिकारीको प्यानलका वर्षात घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियु प्यानलकी हिमानी कुमारी सुवेदी निर्वाचित भए।

सदस्यहरूमा अनेरास्ववियु प्यानलबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित भएका छन्।

मकवानपुरका हेटौंडा क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा मतगणना जारी रहेको छ। जिल्लाको पालुङ्ग बहुमुखी क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .