ad ad

राजनीति


सभामुख घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेपछि संसदमा विरोध

सभामुख घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेपछि संसदमा विरोध

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार १४:४४, काठमाडौँ

सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमा विरोध जनाइएको छ। 

शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए। 

आइतवारको संसद बैठकमा बोल्दै सांसदहरुले उक्त अभिव्यक्तिप्रति विरोध जनाएका हुन्। 

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले व्यवस्थापिका प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए। उनले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्प ध्यानाकर्षण गराए।

‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ', उनले भने, 'व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातबारे सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस्।’

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन-कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे।

‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरुको बारे। अब हुनत पत्रकारहरुको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुपर्‍यो', उनले भने, 'तर सबै पत्रकार त्यस्तो नहोला। कुन–कुन हो? पित पत्रकारिता चलाउने। त्यो चाहीँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्‍यो।’

उनले सभामुखबाट उठेको विषय सार्वजनिक महत्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनै पर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .