नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन तत्काल तलमाथि नहुने बताएका छन्।
संघीय सांसदहरुलाई आठ दलीय गठबन्धनले बिहीबार काठमाडौं दिएको प्रशिक्षणका क्रममा उनले यस्तो बताएका हुन्।
नेता केसीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबाट बाट संविधानको रक्षा र अभिभावकीय भूमिका हुने विश्वाससहित राष्ट्रपतिमा उठाइएको पनि बताए।
'अहिले भ्रम सिर्जना गर्ने कोसिस भइरहेको छ। गठबन्धनलाई सशक्त रुपमा अघि बढाउने हाम्रो दायित्व हो, यो तलमाथि हुँदैन', उनले भने, 'आठ दलबीच अब छलफल हुन्छ अनि अघि बढ्छ। हामी राष्ट्रपति निर्वाचनको प्रक्रियामा छौँ। रामचन्द्रजी उठ्नु भएको छ।'
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा रामचन्द्र र आफहरु एक ठाउँमा उभिएका बताउँदै त्यसबेला जस्तै अहिले पनि संविधानको रक्षामा लाग्नुपर्ने बताए।
'हामीले त्यसबेला पनि मध्यावधि निर्वाचनको विरोध गरेका थियौँ। अहिले रामचन्द्रजीलाई यो संविधानको रक्षा र अभिभावकीय भूमिका हुन्छ भनेर उठाएका छौँ', उनले भने, 'शक्ति सन्तुलन र नियन्त्रणको विषय पनि हो। सभामुख, राष्ट्रपति र प्रधानमन्त्री फरक फरक दलको हुँदा राम्रो हुन्छ। उहाँ उपयुक्त उम्मेदवार हुनुहुन्छ। जित्नु हुन्छ, जिताउन हाम्रा प्रयत्नलाई गति दिन्छौँ।'
केसीले राष्ट्रपति निर्वाचनपछि मात्रै क्याबिनेट विस्तार हुने पनि बताएका छन्।
Shares

प्रतिक्रिया