राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति आक्रोश पोखेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णयपछि पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हु्न्।
'उज्ज्वल थापाहरुले इमानका साथ गुडाएको गाडी (विवेकशील साझा) आफूले हाँक्छु भनेर त्यही गाडीबाट हामफाल्नु भयो', उनले भ ने, 'चल्दा चल्दैको गाडी तपाईंले दुर्घटनामा पार्नुभयो। यतिभन्दा, यसका निम्ति मैले के के खप्नुपर्छ, खप्न तयार छु।'
पत्रकार सम्मेलनका क्रममा लामिछानेले खासगरी पत्रकारहरुमाथि आक्रोश पोखेका छन्। 'हामीले गरेका कामहरुमा हेडालइन हाल्नु नै छैन भन्दा रहेछन्', उनले भने, 'क्रसरबारे अनेक लेखेका छन्। अवैध रुपमा चलेका क्रसरलाई बन्द गरियो', उनले भने, 'यसमा हामीले केही गरेका छैनौँ। अवैध क्रसरलाई बन्द गरेका हौँ। नवीकरण नगर्नेलाई नवीकरण गर्न भनेका हौँ। भएको निर्णय त्यही हो, यसमा के लेनदेन हुन्छ?'
उनले यो कुरालाई लिएर १२ भाइ पत्रकारले पचाउन नसकेको पनि बताए।
'हाम्रा कुरा ती १२ भाइ पत्रकारलाई पच्दैन नि। यिनले हामीलाई ठोकेर नेपालको राजनीति त बिग्रिँदैन', उनले भने, 'इमानका साथ आएको छु। गरेको कमी कमजोरी त्यति हो। नागरिकतामा प्रक्रिया पूरा गर्न सकिनँ। मैले केही प्रक्रियागत त्रुटी गरेँ होला। तर बिहानै नागरिकता, बेलुका नागरिकता अरु केही काम छैन?'
उनले आफूलाई कसैले खेदेर केही फरक नपर्ने पनि बताएका छन्। 'मलाई छिर्न पनि आउँछ निस्किन पनि आउँछ,' उनले भने, 'जब बिरालोलाई थुनेर आक्रमण गरिन्छ नि, अनि के हुन्छ याद गर्नुहोला।'
प्रतिक्रिया