ad ad

राजनीति


जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकता वार्ता

जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकता वार्ता

नेपालखबर
माघ १७, २०७९ मंगलबार १६:१५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ।

जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ।

मंगलबार बिहान भएको भेटमा दुई नेताबीच करिब १ घण्टा छलफल भएको बताइएको छ। 

नागरिक उन्मुक्ति पार्टी खोल्नु अघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएको कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आकलनका साथ छलफल अगाडि बढाइएको बताइएको छ। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .