ad ad

राजनीति


चितवन कांग्रेस सभापति भन्छन् : रविले जितेर यो हविगत भयो, तेस्रो पटक चुनाव गर्नु नपरोस्

चितवन कांग्रेस सभापति भन्छन् : रविले जितेर यो हविगत भयो, तेस्रो पटक चुनाव गर्नु नपरोस्

पत्रकारसँगको छलफलका क्रममा चितवन कांग्रेसका नेताहरु। तस्बिर : केशव साउद/नेपालखबर


नेपालखबर
माघ १७, २०७९ मंगलबार १५:२८, काठमाडौँ

नेपाली कांग्रेस चितवनका सभापित राजेश्वर खनालले राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनावी मैदानमा आए तेस्रो पटक निर्वाचन गर्नुपर्ने बाध्यता आउने बताएका छन्। 

काठमाडौंमा मंगलबार पत्रकारहरुसँगको संवादका क्रममा चितवनमा राजनीतिक उतारचढाव आइरहने भन्दै मंसिर ४ मा रविको हावा चलेको बताए। 

'चितवनमा राजनीतिक उतारचढाव भइराछ। यस पटक रवि लामिछानेको हावा बग्यो। त्यसले देशभर प्रभावित पार्यो', उनले भने, 'तर केही महिनामै चितवन-२ खाली भयो। ४ महिनापछि अब यहाँ उपचुनाव हुँदैछ।'

कांग्रेसभित्रको किचलोकै कारण रविले पार्टी बनाएको ६ महिनामै जित निकाल्न सकेको उनले बताए। 'अहिले कांग्रेसको जुन अवस्था छ। हामी एकअर्कामा दोषारोपण गरिरहेका छौँ', उनले भने, '६ महिनाअघि पार्टी गठन गरेका रविले चुनाव जितेर आउनुभयो। तर मन्त्री बनेको ३२ दिनमा उहाँले के गर्नु भयो? हविगत देखियो।'

खनालले अहिलेको सात दलीय गठबन्धनलाई लक्षित गर्दै ८९ सिट भएको पार्टीलाई बाहिर राखेर विभिन्न पार्टीको चंगा बनाउने काम भएको उल्लेख गरे।

'अहिले हस्ताक्षर प्रचण्डले गर्नुहुन्छ, निर्णय ओलीले गर्नुहुन्छ। बिनातयारी हतारमा बनेको गठबन्धन टिक्न सक्दैन', उनले भने, 'कुनै पनि कुरा परिपक्व हुन समय लाग्छ। यो गठबन्धन कुनै ठाउँमा दुर्घटनामा पर्छ। रविजीको नागरिकताको केस थियो, अब राहादानीको केस छ। उनलाई अहिले गृहमन्त्री चाहिएको छ। मुलुकलाई के दिनेभन्दा पनि व्यक्तिगत लाभ लिने कुरामा उनी केन्द्रित छन्।'

उनले मंसिर ४ को चुनावमा आन्तरिक एकता नहुँदा नै कांग्रेस नराम्ररी हार्न पुगेको टिप्पणी गरेका छन्। 

'अघिल्लो निर्वाचनमा हामी यति धेरै कमजोर हुने थिएनौँ। हामीबीच हार्मोनी बन्न सकेन। गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं भन्ने नेताहरूलाई लाग्यो', उनले भने, 'तर चितवन प्रयोगशाला भएको छ। धरातल नबुझी टिकट वितरण गरियो। गठबन्धन हुने तर प्रचण्ड प्रधानमन्त्री नहुने भएपछि हामीमाथि ह्यासरमेन्ट भयो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .