बलिउड निर्देशक अनुराग कश्यपले अन्तिम क्षणमा सुशान्त सिंह राजपूतसँग सम्पर्क नगरेकोमा आफूलाई पछुतो भएको बताएका छन्।
सुशान्तले उनको जीवनको अन्तिम क्षणमा आफूसँग भेट्न चहेकोसमेत उल्लेख गरेका छन्। अनुरागका अनुसार सुशान्त मृत्यु हुनुभन्दा तीन साताअघि उनलाई भेट्न चाहन्थे।
सुशान्तका नजिकको व्यक्तिबाट उनले भेट्न चाहेको खबर पाएका अनुरागले त्यतिबेला उनीसँग कुरा गर्न र भेट्न चाहेनन्।
उनले भेट्न नचाहानुको एउटै कारण उनीहरुको सम्बन्ध राम्रो थिएन। शुसान्तले अनुरागको फिल्ममा काम गर्न इन्कार गरेकाले सम्बन्ध चिसिएको थियो।
टाइम्स अफ इन्डियासँगको कुराकानीका क्रममा अनुरागले शुसान्तसँगका केही व्यक्तिगत कुरा खुलाएका छन्।
सुशान्तले यशराज फिल्म्सको ‘शुद्ध देसी रोमान्स’का लागि आफ्नो फिल्म ‘मुक्काबाज’मा काम गर्न अस्वीकार गरेको अनुरागले सन् २०२० मै उल्लेख गरेका थिए।
अनुराग आफ्नो ‘मुक्काबाज’मा सुशान्त सिंह राजपुतलाई कास्ट गर्न चाहान्थे। अनुरागलाई उक्त भूमिकाका लागि सुशान्त सबैभन्दा राम्रो कलाकार लागेको थियो।
तर त्यसबेला यशराज फिल्म्समा काम गरेका कारण सुशान्तले अनुरागको अफर अस्विकार गरिदिए।
त्यसपछि निर्देशक अनुराग र सुशान्तको सम्बन्ध चिसियो। त्यसैले जीवनको अन्त्यमा भेट्न चाहेका सुशान्तलाई अनुरागले भेटेनन्।
उनले निर्देशकलाई भेटेर के भन्न चाहेका थिए त्यो बाहिर आउन पाएन। अनुरागले भेट्न चाहेका सुशान्तलाई बेवास्ता गर्दा आफूलाई सबैभन्दा धेरै पछुतो भएको बताएका छन्।
सुशान्त १४ जुन २०२० मा आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। त्यसयता उनको मृत्युबारे निरन्तर अनुसन्धान चलिरहेको छ। तर अहिलेसम्म अनुसन्धान निष्कर्षमा पुगेको छैन।
Shares
प्रतिक्रिया