राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै छिन्।
आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उनी केहीबेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि लाग्ने कार्यक्रम छ।
18
Shares
प्रतिक्रिया