नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले संयुक्त रुपमा टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ बन्दी जीवन बिताउँदै आएका रेशम चौधरीको रिहाइका लागि पहल गर्ने भएका छन्।
दुवै दलहरुले आइतबार १२ बुँदे सहमति गरेर चौधरीको रिहाइका लागि संयुक्त पहल गर्ने भएका हुन्।
‘टीकापुर घटनाका राजबन्दीहरु लगायत माननीय रेशम चौधरीको रिहाइको पहल द्विपक्षबीच सम्झौता भएकै दिनबाट सुरु गर्ने,’ सहमतिको पहिलो बुँदामा भनिएको छ।
सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले हस्ताक्षर गरेका छन्।
जनतासँग सरोकार राख्ने मुद्दाहरुमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ओबिसी, अल्पसंख्यक तथा महिलमैत्री राजनीतिक वातावरण तयार गराउन दुई पार्टीबीच मोर्चाबन्दी गरिएको उनीहरुले बताएका छन्।


Shares

प्रतिक्रिया