ad ad

राजनीति


वामपन्थी एकताका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

वामपन्थी एकताका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १५:४५, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ। 

बिहीबार बसेको सचिवालय बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा समिति बनाएको हो।

समितिमा उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सदस्य रहेका छन्।

समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए। 

‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रश्ताव पारित गरेका थियौँ। हामी वाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ। यसै विषयमा व्यापक छलफल गरेका छौँ', उनले भने, 'विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४/५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो। बाँकी जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ४ सदस्यीय वाम एकता कार्यदल गठन गरेका छौँ। यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निष्कर्ष निकाल्नेछ।’ 

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रश्ताव नै सरकार पक्षका पार्टीहरुले नगरेको पनि बताए। 

समाजवादीले पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग एकता पहल गरिरहेको छ।

गत भदौमै माओवादीसँग एकताका लागि संयोजन समिति बनाउने निर्णय समाजवादीले गरेको थियो। तर माओवादीसँगको एकता प्रक्रिया अघि बढ्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .