ad ad

राजनीति


देउवाले शशांकलाई भने-संसदीय दलमा मलाई सघाउनु पर्‍यो

देउवाले शशांकलाई भने-संसदीय दलमा मलाई सघाउनु पर्‍यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १३:३५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग संसदीय दलमा सघाउन आग्रह गरेका छन्।  

बालुवाटारमा मंगलबार बिहान भएको भेटका क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालासँग आफूलाई संसदीय दलको नेतामा सघाउन आग्रह गरेका हुन्। 

जवाफमा कोइरालाले यसबारे पछि फेरि भेटेर कुराकानी गर्ने जवाफ फर्काएका छन्। 

‘बधाई ज्ञापन गर्न हामी बिहान बालुवाटार गएका थियौँ,’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले नेपालखबरसँग भने, ‘शेरबहादुर दाइले मलाई सघाउनु पर्‍यो भन्नुभयो।’

उनले यसबारे प्रधानमन्त्री देउवा र पूर्वमहामन्त्री कोइरालाले फेरि भेटेर छलफल गर्ने बताएको पनि जानकारी दिए। 

‘भिडभाड थियो। धेरै कुरा भएन। दुवै जनाले यसबारेमा फेरि छलफल गरौँला भन्नुभएको छ,’ तिवारीले भने। 

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइराला पनि दलको नेताका आकांक्षीमध्ये एक हुन्। 

उनले पनि सार्वजनिक रुपमा आफू प्रधानमन्त्रीको दाबेदार रहेको अभिव्यक्ति दोहोर्‍याइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .