ad ad

राजनीति


बर्मा लामाको आरोप : जितिसकेको निर्वाचन सूर्यमुखी कांग्रेसहरुले हराइदिए

बर्मा लामाको आरोप : जितिसकेको निर्वाचन सूर्यमुखी कांग्रेसहरुले हराइदिए

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १३:२२, काठमाडौँ

नेपाली कांग्रेसको तर्फबाट दोलखाको प्रदेश (ख) मा सत्ता गठबन्धनका उम्मेदवार बर्मा लामाले आफूलाई पार्टीभित्रैबाट हराउने काम भएको बताएका छन्। 

उनले मतगणना आइतवार बिहान मतगणना जारी रहँदा पछि परेपछि कांग्रेसीहरुले नै हराएको बताएका हुन्। 

आफूसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका उम्मेदवार भरत केसीले जित्ने भइसकेपछि उनले बधाई दिँदै आफूलाई हराउने भूमिका कांग्रेसबाटै खेलिएको उल्लेख गरेका हु्न्। 

बधाई दिने क्रममा लामाले आफूले जितिसकेको निर्वाचन सूर्यमुखी कांग्रेसहरुका कारण हार्नुपरेको पनि गुनासो गरेका छन्। 

कांग्रेसीहरुले एमाले उम्मेदवारलाई सहयोग गरेकाले हार्नुपरेको उनकव भनाइ थियो। उनले 'सूर्यमुखी कांग्रेस' र पत्रकारलाई पनि ब्यंग्य गर्दै बधाई दिएका छन्। 

‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दाजित्दैको निर्वाचन हराउन सफल हुनुभयो। त्यस्ता नेता, कार्यकर्ता र पत्रकारजीहरुलाई समेत बधाई एवम् शुभयात्रा भन्न चाहन्छु', लामाले भनेका छन्। 

उनले कांग्रेसको पक्षमा खटिनेहरुलाई धन्यवाद दिएका छन्। 'कांग्रेसलाई बचाउन इमानदारीपूर्वक लड्ने सिपाहीहरु, मतदाताहरु, सहयोगी मनहरुलगायत सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक नमन गर्दै कृतज्ञता ब्यक्त गर्दछु', उनले भनेका छन्, 'म तपाईंहरुको दु:खको साथीका रुपमा जीवन छउन्जेल रहनेछु, सम्झना राख्नुहुनेछ भन्ने विश्वास लिएको छु। अन्य कुराको समीक्षा पछि गरौँला।’ 

दोलखाको प्रदेश सभा २ बाट नेकपा लामालाई हराउँदै एमालेका उम्मेदवार केसी निर्वाचित भइसकेका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले आइतवार सार्वजनिक गरेको परिणामअनुसार भीमेश्वर नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका केसी १९ हजार ४१४ मतसहित विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याएका छन्। यहाँ एमाले उम्मेदवार केसी १८ सय १९ मतको अन्तरमा विजयी भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .