ad ad

राजनीति


विप्लवको बन्द रणनीतिः चारमा दौडाउने एउटा पड्काउने

विप्लवको बन्द रणनीतिः चारमा दौडाउने एउटा पड्काउने

नेपालखबर
असार १०, २०७६ मंगलबार १३:३९,

देशका चारवटै सुरक्षा अंग आईतबार (८ असार) देखि नै सर्तक थिए। केन्द्र देखि जिल्लासम्म सुरक्षा समितीहरुको औपचारिक तथा अनौपचारिक बैठक बसिरहेको थियो।

सुरक्षा समितीमा रहेपनि बाहिर नदेखिने नेपाली सेना समेत १० असारको बन्दका बिषयमा भित्री तयारीमा थियो। काठमाडौंमा जेठ १२ मा भएको श्रृंखलावद्ध बम बिस्फोटका घटनाले सबैलाई झस्काएको थियो।

तर, अघिल्ला घटनामा विप्लव समुहले एउटा जिल्लामा एउटा बम पडकाउने र दुईवटा राख्ने गर्थे। मंगलबारको बन्दमा भने विप्लवको रणनीति सुरक्षाकर्मीलाई चारवटा होक्स बम (त्रास देखाउन राखिने बस्तु) मा भुलाउने र एउटा पडकाउने रणनीति अनुसार कुदाउनु कुदाए।

तर चारै सुरक्षाकर्मीको सक्रियता कारण बन्दमा विप्लव लक्षित बम बिस्फोट हुन पाएन। विप्लव समुहले मंगलबारको बन्दमा सबैभन्दा बढि प्रभाव प्रर्दशन प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा देखाए। उनीहरुले बन्दको पूर्व सन्ध्यामै भद्रपुर नगरपालिकामा सोमबार राती साढे नौ बजे आरसीआईडी बम राखे। नगरपालिकाको कार्यालय परिसर भित्र रहेको भ¥याङको छेउमा नै आरसीआईडी बम नै राखे।

चाहेको समयमा रिमोटको सहयोगमा बिस्फोट गराउन सकिने यसप्रकारको बम नेकपाबाट पहिलो पटक बरामद भएको हो। मान्छेले रिमोटबाट सञ्चालन गर्ने यसप्रकारका डिभाईसमा बम राखेर बिस्फोट गराईन्छ। नेपाली सेनाको चारआली ब्यारेकबाट सहसेनानिको कमाण्डमा गएको टोलीले मध्यरातमा बम डिस्पोज गरेको थियो।

यस्तै झापाकै दमकस्थित बेलडाँगी जाने जंगलको बाटो, कन्काई नदीको पुल र चुलाचुली मोडमा शंकास्पद वस्तु फेला परेका थिए।

यी तीनवटै शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो। ‘हामी प्रमुख जिल्ला अधिकारी सरको नेतृत्वमा राजमार्ग गस्तीमा छौं,’ झापा प्रहरी प्रमुख दिनेश मैनालीले केही समय अघि नेपालखबरसँग भने ‘बन्दको प्रभाव छैन तर होक्स बमहरु राखिएका छन्।’ उनका अनुसार भद्रपुर नगरपालिकामा बम राख्नेको खोजी भइरहेको छ।

काठमाडौं उपत्यकाका केही स्थानमा बम पडकाउने विप्लव समुहको योजनाको सूचना आएपछि काठमाडौं प्रहरी सर्तक भएको थियो। प्रहरीले उपत्यकामा महत्वपूर्ण स्थानहरुमा केही घण्टाको फरकमा तालिम प्राप्त कुकुरको सहयोगमा खोजतलास गरेको थियो।

‘सबैभन्दा बढि त्रास संसद भवन (बिआइसीसी) नयाँ बानेश्वर र बालुवाटार क्षेत्रमा थियो,’ एकजना प्रहरी अधिकारीले भने ‘संसद भवनमा बिहानैदेखि तालिमप्राप्त कुकर परिचालन भएको थियो।’ उनका अनुसार मंगलबार बिहानै विप्लवका एकजना महत्वपूर्ण भरिया पक्राउ परेपछि बम बिस्फोटका घटना हुन पाएनन्।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेलको गैर न्यायीक हत्याको बिरोधका लागि मंगलबार बन्द आयोजना गरेको हो। प्रहरीका अनुसार देशभर भएका ५५ घटनामध्ये ३२ वटा घटना सुरक्षाकर्मी झुक्याउने र सर्वसाधारणमा त्रास फैलाउने थिए।

देशभर ९ स्थानमा होक्स बम र २३ स्थानमा शंकास्पद वस्तु फेला परेको हो। प्रहरीले बन्दका क्रममा ६ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। पक्राउ परेका एकजनालाई सोधपुछपछि छोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .