स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। चुनाव सकिएको १० दिनपछि सुरु भएको यहाँको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन्।
मुख्य निर्वाचन अधिृकत कार्यालका अनुसार कांग्रेस उपसभापति समेत रहेका गुरुङले ४ हजार ५ सय ९० मत प्राप्त गरेका छन्। गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्यालले ३ हजार ४ सय ५५ मत प्राप्त गरेकी छिन्।
उनीहरुबीच ११३५ मतको अन्तर छ।
बुधबार राति ९ बजेबाट यहाँको मतगणना सुरु भएको हो।
स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।
मंसिर १५, २०७९, बिहीबार
354
Shares
प्रतिक्रिया