ad ad

राजनीति


एमसीसीबारे स्थायी समितिमा जुटेन सहमति, निर्णय गर्ने अधिकार सचिवालयलाई

एमसीसीबारे स्थायी समितिमा जुटेन सहमति, निर्णय गर्ने अधिकार सचिवालयलाई

नेपालखबर
पुस ६, २०७६ आइतबार ९:१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकले आवश्यक छलफल गरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।

मंसिर २९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकमा एमसीसीबारे सहमति जुटन नसकेपछि यसबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको हो।

आइतबार बैठक सम्पन्न भएपछि पत्रकारसँग कुरा गर्दै स्थायी समिति सदस्य भीम रावलले एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको बताए। 

‘एमसीसीबारे स्पष्ट हुनुपर्छ, अमेरिकी सरकारले यो इन्डो प्यासेफिक स्टाटेजीको अंग भए नभएको बारे प्रष्ट गर्नुपर्छ’, नेता रावलले भने, ‘त्यसपछि प्रधानमन्त्रीसहित सचिवालयका सदस्यहरुले अन्तिम निर्णय गर्ने भन्ने निर्णय भएको हो।’

उनले अध्यक्षद्वयबाट प्रस्तुत राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको जानकारी दिए। त्यस्तै बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .