नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पैदल यात्रा कार्यक्रममा सहभागी हुने भएका छन्। नागरिक समाज र स्वतन्त्र अगुवाले आज ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गर्दैछन्।
सो पैदल यात्रा कार्यक्रममा एमाले अध्यक्ष ओली पनि सहभागी हुने बताइएको छ।
साथै, ओलीले पैदल यात्रापछिको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहने बताइएको छ।
54
Shares
प्रतिक्रिया