कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट 'बागी' उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
प्रतिनिधि सभातर्फ बागी उम्मेदवारी दिएका सुशील साउदले उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले बताए।
यस्तै, प्रदेश सभा (१) मा बागी उम्मेदवारी दिएका तिलक जप्रेलले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
सत्ता गठबन्धनबाट क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक उम्मेदवार छन्।
प्रदेश सभा (१) मा कांग्रेसका बेलबहादुर राना र प्रदेश सभा (२) मा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट उम्मेदवार छन्।
27
Shares
प्रतिक्रिया