नेकपा एमालेका दुई जना प्रदेश कमिटी सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
माओवादीको बलियो पकड रहेको कर्णाली प्रदेशमा एमालेका दुईजना प्रदेश कमिटी सदस्यले पार्टी छाडेका हुन्।
एमालेका कर्णाली प्रदेश कमिटी सदस्यद्वय नेपबहादुर कुवँर र तिलक मल्ल शुक्रबार खुमलटार पुगेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन्। चुनाव नजिकिएसँगै नेता कार्यकर्ताहरुबीच दल बदल्ने क्रम तीव्र भएको छ।
261
Shares
प्रतिक्रिया