राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ।
ज्वरो र शरीर दुखाइका लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा आफूमा डेंगु पुष्टि भएको जानकारी लामिछानेले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
अस्वस्थताका कारण आफू भरतपुर, तनहु, लमजुङ, गोर्खालगायत स्थानका कार्यक्रममा सहभागी हुन नसक्ने उनले बताएका छन्।
डाक्टरले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन्।
अहिले काठमाडौं उपत्यकालगायत स्थानमा डेंगुको संक्रमण फैलिने क्रम तीव्र बनेको छ। चिकित्सकले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न सुझाव दिएका छन्।
54
Shares
प्रतिक्रिया