२०७४ मा सम्पन्न निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौं–१ ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका पुरुषोत्तम ढुंगेलले पार्टी परित्याग गरेका छन्।
उनी विवेकशील साझा परित्याग गर्दै बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ढुंगेललाई कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी प्रवेश गराएका हुन्।
नेता सिंह काठमाडौं–१ बाट फेरि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने लगभग निश्चित छ।
गत निर्वाचनमा ढुंगेलले २ हजार ७२५ मत प्राप्त गर्दै तेस्रो भएका थिए। यो क्षेत्रबाट नेकपा एमालेका गणेशप्रसाद दुलाल ४ हजार २४२ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सुरजचन्द्र लमिछानेले ४ हजार २२३ मत ल्याएका थिए।
57
Shares
प्रतिक्रिया