ad ad

राजनीति


कर्णालीका एमाले अध्यक्षको दाबी : ०७४ मा जितेका सबै क्षेत्रमा यो पटक पनि जित्छौं

कर्णालीका एमाले अध्यक्षको दाबी : ०७४ मा जितेका सबै क्षेत्रमा यो पटक पनि जित्छौं

तस्बिर : दिनेश बुढा/नेपालखबर


दिनेश बुढा
भदौ २३, २०७९ बिहिबार १२:२३, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले २०७४ सालको निर्वाचनमा एमालेले जितेको सबै निर्वाचन क्षेत्रमा यसपटक पनि एमालले नै जित्ने दाबी गरेका छन्। अध्यक्षले शाहले बिहीबार प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै कर्णालीमा एमालेले आफ्नो वश्र्चव कायममै राख्ने दाबी गरेका हुन्।

अध्यक्ष शाहले एमाले कर्णालीमा जसरी अघिल्लो चुनावमा पहिलो दल बनेको थियो त्यसरी नै यो पटक पनि पहिलो दल बनाउनका लागि अन्तरिक रणनीति गरिहेको संकेत दिए। यस्तै, शाहीले कर्णाली प्रदेशमा रहेका १० वटा जिल्लाका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये २०७४ मा एमालेले जितेका सबै निर्वाचन क्षेत्रमा यसपटक पनि एमालेले नै जित्ने दाबी गरे।

०७४ को निर्वाचनमा एमालेले प्रतिनिधि सभा १२ सिटमा ६ र प्रदेश सभा २४ सिटमा १४ सिट एमालेले जितेको थियो।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धन थियो, यस पटकको निर्वाचनमा पनि गठबन्धन छ। तर, त्यो गठबन्धनसँग भिड्नका लागि एमाले कर्णाली प्रदेशको लिडरसिपले एमालेलाई एकतावद्ध  रूपमा अगाडी बढ्ने छ। साथै हामीले हिजोको भन्दा राम्रो अवस्था पार्टीलाई पुर्याउछौं। यो निर्वाचनको कुरा हो। हामी आकलन गर्दै छौं। हिजो भन्दा हाम्रो अवस्था राम्रो हुन्छ।’ अध्यक्ष शाहले भने। 

शाहले टिकटका लागि आङ्कक्षीहरू धेरै भएको तर, अवसर सिमित भएका कारण असन्तुष्टिहरूलाई मिलाएर लैजाने बताए। उनले भने, ‘नेकपा एमाले एक प्रकारको आकर्षण छ। त्यो आकर्षणलाई हामीले विभिन्न गतिविधीबाट व्यावहारमा देखाउनु पर्छ। त्यसैले अन्य पार्टी परित्याग गरेर आएका साथीहरुलाई पनि स्थान दिनुपर्छ भनेर त्यसै अनुसार हामीले फिलिङ गरेका छौं।’

साथै, अध्यक्ष शाहले पार्टीको जिम्मेवारी पाएको व्यक्तिलाई जनताले चिनेको र उसले श्रम गरेर आफुलाई खारेको अवस्थाका व्यक्तिलाई पार्टीले स्थान दिन गरेको उल्लेख गरे।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेश कमिटीले भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले गरेको निर्णय पनि सार्वजनिक गरेको छ। प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको अध्यक्ष शाहले बताए। 

यस्तै शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन, आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरुबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने, आसन्न निर्वाचनमा पार्टीका सबै कमिटीहरुलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिने, पार्टीको प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ÷नगरपालिका, वडा र टोल गरी ७ तहका निर्वाचन परिचालन कमिटी गठन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .