ad ad

राजनीति


सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेसबाट आङगेलु शेर्पा सिफारिस

सोलुखुम्बुमा  प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेसबाट आङगेलु शेर्पा सिफारिस

नेपालखबर
भदौ २०, २०७९ सोमबार १२:५४, काठमाडौँ

नेपाली कांग्रेस सोलुखुम्बले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पालाई उम्मेदवारमा सिफारिस गरिएको जनाएको छ। 

कांग्रेस सोलुखुम्बुले प्रेस विज्ञप्ति जारी गरेर शेर्पालाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि एकल रुपमा सिफरिस गरिएको जनाएको छ। 

जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरुको संयुक्त बैठकबाट उनलाई उम्मेदवारमा अघि सारिएको उल्लेख छ। 

जिल्ला सभापति नम्गेल जाङ्बु शेर्पाका अनुसार केन्द्रीय सदस्य बलबहादुर केसीलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारका रुपमा पहिलो नम्बरमा सिफारिस गरिएको छ। 

पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, राधिका श्रेष्ठ र धर्म नेपाली पनि समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएकोछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .