ad ad

राजनीति


माओवादी स्थायी कमिटी बस्दै, प्रचण्डले सुनाउलान् पदाधिकारीको नाम?

माओवादी स्थायी कमिटी बस्दै, प्रचण्डले सुनाउलान् पदाधिकारीको नाम?

नेपालखबर
भदौ ४, २०७९ शनिबार ६:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। 

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको महराको भनाई छ। 

गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो। 

शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो। तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो।

माओवादीमा पदाधिकारी चयनको विषय सकस बन्दै गएको छ। पदाधिकारी संख्या थपेर भएपनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरुले बताएका छन्। 

आकांक्षी ब्यवस्थापन गर्न नसक्दा सकसमा परेका प्रचण्डले पार्टीमा पछिल्लो समय पदको लोभ बढ्दै गएको टिप्पणी गरेका थिए। 

प्रवक्ता महराले पहिल जस्तो केही बाँकी नभएको र पदाधिकारीको विषयमा गम्भीर र विस्तृत छलफल भएको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .