NepalKhabar NepalKhabar

राजनीति


गठबन्धनको साझा अवधारणा बनाउने जिम्मासमेत सिटौला नेतृत्वको कार्यदललाई

गठबन्धनको साझा अवधारणा बनाउने जिम्मासमेत सिटौला नेतृत्वको कार्यदललाई

फाइल तस्बिर


नेपालखबर
भदौ ४ , काठमाडौँ

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आफूहरुको साझा अवधारणा निर्माणको जिम्मा कृष्ण सिटौला नेतृत्वको कार्यदललाई नै दिने निर्णय लिएका छन्। 

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि साझा अवधारणा निर्माणको जिम्मा पनि सिटौला नेतृत्वको कार्यदललाई नै दिएको हो।

बैठकपछि बोल्दै कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्। 

'गठबन्धनको शीर्ष नेताले चाँडै आफ्नो कार्यसम्पादन पूरा गर्न कार्यदललाई भनेको छ', उनले भने, 'कार्यदलले चाँडै आफ्नो कार्यसम्पादन पूरा गरेर प्रतिवेदन बुझाउनेछ।'

उनका अनुसार कार्यदलले साझा अवधारणा बनाएपछि फेरि शीर्ष नेताहरु बस्ने छन्। 'कार्यदलले साझा अवधारणा बनाइसकेपछि शीर्ष नेताहरु बस्नु हुनेछ। हामी पनि छिट्टै बस्छौँ', उनले भने।

कार्कीका अनुसार अहिले नै सिट बाँडफाँटको टुंगो भइसकेको छैन। 'अहिले नै सिट बाँडफाँटतिर जाने बेला भइसकेको छैन', उनले भने, 'चाँडो भन्दा चाँडो यसबारे हामी जानकारी दिन्छौँ। हामी देशलाई एउटा निष्कर्षमा पुर्‍याउने बाटोमा छौँ।'

कार्कीले सरकार कामचलाउ भएपछि पनि चलिरहेका प्रतिनिधिसभा र प्रदेशसभालाई सँगै लिएर जाने पनि बताएका छन्। 

भदौ ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.