ad ad

राजनीति


तीन तहको सरकारले पनि फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा

तीन तहको सरकारले पनि फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १७:२८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन्। 

शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद भएको बताएका हुन्। 

उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए। शर्माले फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए। 

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए। 

‘शासन व्यवस्था बदलिन्छन्। राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ। यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ। दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ। स्वतन्त्रहरु कहीँ जिम्मेवारीमा। कहीँ दलहरु जिम्मेवारीमा। तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो', उनले भने, 'मैले अपील गर्नैपर्छ, भन्नै पर्छ, फोहोर उठाउन तीन-तीन तहको सरकारले नसक्ने लज्जित अवस्था अन्त्य गर्नुपर्छ। काठमाडौंमा फोहोर उठाउने र दीर्घकालीन समाधानबारे सबै दलले सोचौँ।'

काठमाडौं महानगरका मेयर बालेनलाई सम्पूर्ण साथ दिन पनि उनले आग्रह गरे। 'बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य कुरालाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने हुँदैन', उनले भने, 'तीन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन। एक्काइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन। २१ औँ शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहे स्थानीय तहबाट सम्बोधन गर्नुपर्छ।’ 

उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मेवार हुनुपर्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .