ad ad

राजनीति


टुंगिएन माओवादी पदाधिकारी, भोलि फेरि बैठक बस्ने

टुंगिएन माओवादी पदाधिकारी, भोलि फेरि बैठक बस्ने

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार ११:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। आज बसेको बैठकले पनि पदाधिकारीको टुंगो लगाउन सकेन्। 

भोलि दिउँसो १ बजे पुनः बैठक बोलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

‘मुर्त रुपमा त टुंगिएको छैन्, भोलिको बैठकले टुंग्याउँछ,’ महराले भने, ‘छलफलका विषयहरु कुनैपनि बाँकी राखेका छैनौ। राम्रो छलफल भएको छ।

यसअघि हिजो (बिहीबार) बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो। तर बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भन्दै बिहीबार अपराह्न ४ बजेलाई सारिएको थियो।

यही समयमा बहुचर्चित नागरिकता विधेयकको पक्षमा मतदानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सांसदहरु संसद भवन पुग्न परेपछि बैठक स्थगित गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .