ad ad

राजनीति


बालेनबारे हर्कको अर्को कटाक्ष : फोहोर सोहोर्न नसक्नेले के फुइँ लगाउनू

बालेनबारे हर्कको अर्को कटाक्ष : फोहोर सोहोर्न नसक्नेले के फुइँ लगाउनू

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १९:१०, काठमाडौँ

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्यंग्य र छेडछाड गर्ने क्रम रोकेका छन्। 

केही दिन काठमाडौं बसेर फर्किएका उनले फोहोर व्यवस्थापन गर्न आइ परेको जटिलताका कारण तनावमा रहेका मेयर बालेन्द्र शाहलाई बुधबार चिढ्याउने गरी एउटा फेसबुक पोस्ट गरेका थिए।

त्यसबाट आक्रोशित बालेन्द्रले हर्ककै पोस्टमा जवाफ फर्काउँदै स्थानी निर्वाचनमा पनि आफू उनैले उपलब्ध गराएको लौरो चुनाव चिह्नबाट उठेको भन्दै कटाक्ष गरेका थिए।

बालेन्द्रले जवाफ फर्काएपछि यी दुई स्वतन्त्र मेयरबीच चलेको जुहारी रोकिएको छैन। बरु बालेन त्यसपछि मौन छन्। 

तर जुनसुकै समय सामाजिक सञ्जालमा लेखिरहने बानी परेका हर्कले फेरि बालेन्द्रलाई चिढ्याउने गरी बिहीबार साँझ फेसबुक पोस्ट लेखेका छन्।

जहाँ उनले बालेनको नाम नलिइ फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु भन्दै व्यंग्य कसेका छन्। 

'फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा', उनले भनेका छन्, 'फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है, हावा गफ होइन, काम चाहिएको छ जनतालाई।'

बालेन्द्रबारे निरन्तर टिप्पणी गरिरहेका उनले यसअघि आफू मेयर भएका उपलब्धी पनि सार्वजनिक गरेका थिए। साम्पाङले आफूले धेरै काम गरिरहेको भन्दै बालेन्द्रप्रति कटाक्षपूर्ण धारणा फेसबुकमा लेखिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .