ad ad

राजनीति


राष्ट्रपतिप्रति गजेन्द्र महतको व्यंग्य : उहाँ ठूला ठूला निर्णय राति नै गर्नु हुन्छ

राष्ट्रपतिप्रति गजेन्द्र महतको व्यंग्य : उहाँ ठूला ठूला निर्णय राति नै गर्नु हुन्छ

नेपालखबर
भदौ २, २०७९ बिहिबार १५:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक दिउँसो नभइ राति पठाउन आग्रह गरेका छन्।

राष्ट्रपति कार्यालय पहिलेदेखि नै राति काम गर्न बानी परेकाले यो विधेयक पनि राति नै शीतल निवास पठाउनुपर्ने उनले बताए। 

'उहाँ (राष्ट्रपति) कहाँ सरकारले नागरिकता विधेयक पुनः प्रमाणिकरणको लागि दिउँसो नभइ राति पठाउनुपर्छ', उनले भने, 'किन भने उहाँ राति काम गर्न बानी पर्नु भएको छ। यसअघि ठूला ठूला निर्णय पनि राति १२ बजेपछि भएका छन्।'

सांसद महतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुई पटकसम्म संसद विघटन गर्दा राष्ट्रपतिले मध्यराति नै सदर गरेकोतर्फ संकेत गरेका थिए।

'यसअघि पनि अफ्ठ्यारा कामहरु राति नै फत्ते भएका थिए', उनले भने, 'त्यसैले यो विधेयक पनि राति नै पठाइदिँऊ, जारी हुन्छ कि!'

महतले प्रतिपक्ष नेकपा एमालेले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समिति पनि फिर्ता गर्नुपर्ने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .