ad ad

राजनीति


वर्षमानको आरोप : नागरिकतामा एमालेले राजनीति गर्‍यो, दोहोरो चरित्र देखायो

वर्षमानको आरोप : नागरिकतामा एमालेले राजनीति गर्‍यो, दोहोरो चरित्र देखायो

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १४:२६, काठमाडौँ

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन्। 

नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे। 

बिहीबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अंगीकृत नागरिकताबारे पछि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई पारित गराउन दलहरुले सहयोग गर्नुपर्ने बताए। 

‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यक्ताको लागि ल्याइएको भन्नु भएको छ । खासगरी यसमा लाखौं नेपाली नागरिक जसको बुबा नेपाली नागरिक हो। जसले जन्मको आधारमा नागरिकता पाएको छ। उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला', उनले भने, 'सामान्य दैनिक जीवनका कुरा, अप्ठ्यारा भोगिराखेको फुकाउन ल्याइएको हो। अरु केही जरुरी कुरा मात्रै यसमा राखिएको छ।'

उनले आगामी दिनमा राष्ट्रिय सहमति बनाएर वैवाहिक अंगीकृत लगायतका विषयमा फेरि अघि बढाइने भनिएको बताए। 

'यो कुरालाई आत्मासाथ गर्दै अगाडि बढनुपर्छ भन्ने मलाई लाग्छ। २०७५ मा नागरिकता विधेयक प्रस्तुत गरिँदा म आफैँ क्याबिनेटमा थिएँ। पूर्ववक्ता माननीय सदस्यहरु पनि क्याबिनेटमा हुनुहुन्थ्यो। जहाँ वैवाहिक अंगीकृतबारे व्यवस्था थिएन', उनले भने, 'पछि संसदमा, समितिमा प्रस्तुत भयो, छलफल भयो। केही नयाँ व्यवस्था भए त्यसमा। तर सहमति बन्न सकेन। बहुमतले पास गरेर ल्यायो।' 

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको यो अध्यादेश शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि अघि बढाइएको उनले बताए। 

'स्वभाविक रुपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ। यो पनि सामान्य प्रक्रिया हो। यो माननीयजीहरुलाई जानकारी भएकै कुरा हो', उनले भने, 'त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाऔं। बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरुलाई आग्रह गर्दछु।’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .