ad ad

राजनीति


भीम रावलको प्रश्न : बालुवाटारको पाँच दलीय संयन्त्र संविधानको कुन धाराअन्तर्गतको हो?

विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्न खोजिएको आरोप
भीम रावलको प्रश्न : बालुवाटारको पाँच दलीय संयन्त्र संविधानको कुन धाराअन्तर्गतको हो?

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १४:११, काठमाडौँ

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले देशमा राजाको जस्तै शासन चलाउन खोजेको बताएका छन्।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाइदिएको नागरिकता विधेयकबारे बिहीबार बसेको संसद बैठकको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। 

उनले भारत, बंगलादेश र भुटानसहितका बिहे गरेर जाने विदेशीले नागरिकताबाहेक अरु अधिकार मात्रै पाउने व्यवस्था रहेको बताए। 

'नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रपतिले पुनर्विचार गर्न पठाउँदा संसदीय समितिमा छलफल नगर्ने यही हो त लोकतन्त्रको अभ्यास? यही हो राष्ट्रियता प्रतिको प्रतिवद्धता?', उनले भने, 'पाँच वर्षदेखि सात वर्षसम्म अवधि तोक्ने कुरा संविधान बनाउँदा नै उठेको थियो। बहुमत छँदैछ पछि राख्ने भनिएको थियो। त्यो प्रतिवद्धताबाट पछि हटेर अहिले अर्को निर्णय गर्ने?'

उनले नागरिकता खुकुलो बनाएर नेपाली राजनीतिलाई अस्थिरतामा लगिरहने प्रयास भएको पनि बताए। रावलले पाँच दलीय गठबन्धनले देशलाई सिन्डिकेटतिर लगेको पनि बताए। 

'बालुवाटारमा बस्ने पाँच दलीय संयन्त्र कुन संविधान र धाराअन्तर्गतको हो?', उनले सोधे, 'त्यसले त्यहाँबाट जे फैसला गर्यो त्यही मानिदिनुपर्ने नेपाली जनताले? त्यो संयन्त्र संविधानभन्दा माथि हुन्छ?'

उनले संविधान र कानुनअनुसार अघि बढ्ने प्रतिवद्धता गरे पनि अहिले पाँच दलले राजतन्त्रको जस्तै अभ्यास गरिरहेको बताए। 

'पाँच दलको मनपरी चलिरहने हो भने किन राजतन्त्र समाप्त गरेको त?', उनले भने, 'त्यसो भए पाँच दलीय अमिर घोषणा गरौँ। खाडीसहितका मुलुकमा अमिर प्रथा छ, नेपालमा पनि अमिर प्रणाली गरे हुँदैन र?'

उनले बाबुआमा भएकालाई नागरिकताको नदिने नभनिएको बताए। उनले नेपालमा विदेशी नागरिकलाई हुलेर देशभक्तलाई अल्पमतमा राख्ने कुरा मान्न नसकिने पनि तर्क गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .