ad ad

राजनीति


नागरिकतालाई दलको एजेन्डा र निर्वाचनसँग जोडेर नहेरौँ : मीन विश्वकर्मा

नागरिकतालाई दलको एजेन्डा र निर्वाचनसँग जोडेर नहेरौँ : मीन विश्वकर्मा

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १३:४०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीति र निर्वाचनसँग जोडेर नहेर्न आग्रह गरेका छन्। 

बिहीबार बसेको संसद बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले लाखौं जनता नागरिकताविहीन भएकाले यसलाई राजनीतिसँग जोडेर नहेर्न भनेका हुन्। 

'नागरिकता विधेयक राष्ट्रिय सहमतिबाटै आएको हो', उनले भने, 'नागरिकता जस्तो कुरालाई राजनीति र निर्वाचनसँग जोडेर नहेरौँ, पास गरौँ।' 

यो नागरिकता विधेयकलाई राष्ट्रिय सहमतिबाट पारित गर्न आग्रह गर्दै उनले यसलाई कुनै दलको एजेन्डासँग जोडेर हेर्नु गलत हुने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .