ad ad

राजनीति


बालेन्द्र र हर्कको फेसबुक ‘वार’ले संसदमा पनि पायो प्रवेश

बालेन्द्र र हर्कको फेसबुक ‘वार’ले संसदमा पनि पायो प्रवेश

नेपालखबर
भदौ २, २०७९ बिहिबार १२:४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा भएको दोहोरीको विषयले संसदमा पनि प्रवेश पाएको छ। 

नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै यो विषयको जानकारी गराएका हुन्। 

‘काठमाडौं महानगरपालिकाका मेयरले फोहोर ब्यवस्थापनको विषयमा लाचारी ब्यक्त गरिरहेकै बेलामा धरानका मेयर आएर मैले काठमाडौं आएपछि फोहोरमैलाको समस्या समाधान भयोभन्नुभएछ,’ सांसद राईले भने, ‘यसमा बालेन र हर्क जीको फेसबुकमा दोहोरी नै चलेको देखियो।’

यो विषय महानगर वा सरकार कसले समाधान गर्ने भन्नेबारे अन्यौल भएको भन्दै प्रष्ट पार्न उनले आग्रह गरेका छन्। 

‘महानगरले उठाउनपर्ने विषय हो कि, सरकारले नै समाधान गर्नपर्ने हो?’ उनले प्रश्न गरेका छन्। पुरानै तरिकाबाट चलेको भन्दै नयाँ प्रविधि भित्र्याएर समाधान गर्नेतिर कसैले नसोचेको भन्दै आक्रोश ब्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .