ad ad

राजनीति


राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल

नेपालखबर
भदौ २, २०७९ बिहिबार ११:४१, काठमाडौँ

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। 

नयाँ बानेश्वरस्थित संसद भवनमा समितिको बैठक बसेको संसद सचिवालयले जानकारी दिएको छ। 

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकबारे छलफल भएको छ। आजको बैठकको कार्यसूचीमा सो विधेयक प्रस्ताव पेश गर्ने र पारित गर्ने उल्लेख गरिएको छ। 

सोहीबोर छलफल गर्नका लागि सभामुख अग्निप्रसाल सापकोटाले परामर्श समितिको बैठक राखेका हुन्।

राष्ट्रपति भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई पारित गर्ने कार्यसूची बिहीबारका लागि राखिएको थियो।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .