ad ad

राजनीति


बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक, सिट बाँडफाँटबारे छलफल सुरु

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक, सिट बाँडफाँटबारे छलफल सुरु

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १०:३५, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको हो। 

आजको बैठकमा सिट बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ। 

यसअघि बुधबार दिउँसो सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो। सो कार्यदलका संयोजक एवम् कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बैठकका क्रममा नेताहरुसँग भेट्न बाँकी रहेको सुनाएका थिए।

सिट संख्याको मोडालिटी र दलहरूको जनमतबारे बैठकमा कुरा भएपनि निर्णय पुग्न पाँचै दलका शीर्ष नेतासँग बस्नुपर्ने निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए।

‘हिजोको बैठकमा संयोजकले पार्टीका शीर्ष नेता भेट्न बाँकी रहेको सुनाउनुभयो,’ ती सदस्यले नेपालखबरसँग भने, ‘होमवर्क पूरा नभएको भनेर कसैबाट ठोस प्रस्ताव पेश भएन।’

पाँच दलले विभिन्न मोडलमा सिट बाँडफाँट गर्ने प्रस्ताव गरेका छन्। जसमा स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत प्रस्ताव भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .