ad ad

राजनीति


माओवादी स्थायी कमिटी बैठक स्थगित, आजै ४ बजे बस्ने

माओवादी स्थायी कमिटी बैठक स्थगित, आजै ४ बजे बस्ने

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार ९:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बिहीबार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। 

प्रचण्ड सचिवालयका अनुसार आजै बेलुकी ४ बजे बस्नेगरी बैठक स्थगित भएको हो। 

आज बस्ने स्थायी कमिटी बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने बताइएको छ।

माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी चुनिन सकेको छैन् भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन्। 

मुख्यगरी, महासचिव कसलाई बनाउने भन्ने निर्णय लिन नसक्दा पदाधिकारी चयनको विषय सकस बन्दै गएको थियो। 

माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .